Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको १३ औं बार्षिक साधारण सभा राजधानीमा

काठमाडौं । चतै १२ गते

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको १३ औं बार्षिक सधारण सभातथा छैटौं अधिवेशन चैत्र ११ गते काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले बार्षिक साधारण सभा तथा अधिवेशनको पानसमा दीप प्रज्वलीत गरेर उद्घाटन गर्नु भएको थियो । उहाँले आफ्नो स्थापना कालदेखि सुनचाँदी शिल्प व्यवसायीहरुको हक, हितको साथै गहना व्यवसायीको प्रवर्द्धनमा यस संघले निर्वाह गर्दै आएको भूमिकानितान्त प्रसंशनीय रहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘सुनचाँदी व्यवसायीका थुर्पै समस्याहरु रहेकाछन्, ती समस्याहरु को बारेमा सरकारको सम्बन्धित निकायलाई पटक–पटक राखी सकेका छौं । तर अहिले सम्म पुरा हुन सकेको छैन । आशा गर्ने बाहेक अरु केहि हुन सकेको छैन ।’ कार्यक्रमको अध्यक्षता शिल्प व्यवसायी संघका टंकबहादुर बराईलीले गर्नु भएको थियो । सम्पूर्ण अतिथिलाई सहभागि भएकोमा धन्यवाद दिंदै नेपाली मौलिक कला, संस्कृति र संस्कारको प्रतिनिधित्व गर्ने राज्यको प्रमुख आर्थिक मेरुदण्ड भएतापनि राज्यस्तरबाट यसले उद्योगको दर्जा पाउन नसकेको कुरामा जोड दिनु भयो ।

राज्यले उद्योगको मान्यता दिएर व्यवसायीलाई प्रयाप्त कच्चापदार्थ दिने हो भने नेपाली मौलिक गरगहना विश्वबजारमा निर्यात गरेर डलर भित्र्याउन सकिने समेत बराईलीले बताउनु भयो । नेपाल सुनचाँदी कला व्यवसायी संघका पूर्व अध्यक्ष द्वारीका विश्वकर्माले पनि आफ्नो विचार राख्दै भन्नु भयो ‘हामीलाई कति सुनचाँदी चाहिन्छ त्यसको कुनै डाटा छैन । सुनको कोटा सधैं लागु गर्नु हुँदैन । व्यवसायीहरुले महासंघलाई आफ्ना समस्याप्रति घच्घच्याउन छोड्नु हुँदैन । कार्यक्रममा अन्य अतिथिहरुमा शिल्प व्यवसायी संघका संस्थापक अध्यक्ष नविन रत्न शाक्य, पूर्व अध्यक्ष राजमान सुनार लगायत राम प्रसाद विश्वकर्मा, निलबहादुर धमला, घनश्याम रिसाल, गणेश प्रसाद लकान्द्रीको समेत सहभागिता रहेको थियो । सम्पूर्ण अतिथिहरुलाई अर्जुन विकले स्वागत मन्तव्य मार्फत स्वागत गरे भने, कार्यक्रम संचालन भने प्रल्हाद लामिछानेले गर्नु भएको थियो । कार्यक्रममा गायक दुर्गा विरहीले आफ्नो प्रस्तुती देखाउदै व्यवसायीहरुलाई नचाई मनोरञ्जन प्रदान समेत गरेका थिए । छैटौं अधिवेशनले केन्द्रीय अध्यक्षमा अर्जुन दुरौलीलाई चयन गरेको हो।

फेसबुकबाट तपाइको प्रतिक्रिया