Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

भक्तपुरको लोकन्थलीमा कुमारले खोले कल्चरल वस्तुको सुपरमार्केट

२०७९ फागुन १३ काठमाडौँ।

“हामी जोगाउछौं कल्चर” भन्ने मूलनारा लिएर काठमाण्डौं अनलाइन ह्यान्डिक्राफ्ट सप प्रा.लि. ले भक्तपुरको लोकन्थलीमा फ्यान्सी एण्ड कल्चरल सुपरमार्केट यहि फागुन १३ गते बाट संञ्चालन भएको छ । राजनीतिक भद्रगोल, व्यवसायिक वातावरणको अभाव तथा बढ्दो मन्दीको बाबजुत करिब ४ करोडको लगानीमा संञ्चालक कुमार उप्रेतीले व्यवासय संञ्चालन गर्ने आँट गरेका छन् । विगत डेढ दशक अघि देखि अमेरिका, अष्ट्रेलिया, क्यानाडा लगायतका देशहरुमा कल्चरल तयारी  सामाग्रीहरु निर्यात गर्दै आएका सञ्चालक उप्रेतीले आफ्नै देशमा पनि यस्ता वस्तुहरुको आवश्यकता बढेकोले यो व्यवसाय सञ्चालन गर्नु परेको वताएका छन् ।

यो कल्चरल सुपरमार्केटलाई हास्य कलाकार जीतु नेपालले उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्व न्यायधिवक्ता नरेन्द्र प्रसाद पाठक लगायत थुप्रै स्थानीय लब्ध प्रतिष्ठित व्यक्तिहरुको समेत सहभागी रहेको थियो । प्रमुख अतिथि जीतु नेपालले नेपालको जातजाती, भाषा, संस्कृति, परम्परा जोगाउने वस्तुको विक्री वितरणको कार्यले आफू गर्वित रहेको तथा सक्दो सहयोग समेत गर्ने कुरा बताए । करिब ४०० को संख्यामा रोजगारी सृजना गरेको कुरा कुमार उप्रेतीले बताए । उनी भन्छन्, ‘नेपालमा कुनै वस्तु आयत गर्न अत्यन्त सजिलो छ तर निर्यात गर्न प्रक्रियागत भन्झटहरु धेरै छन् । सरकार निर्यात मैत्री छैन आयत मैत्री छ ।’ हामीले नेपालको जातजाती, भाषा–भाषी, रहन सहन, संस्कृति, परम्पराको बस्तुहरु विक्री गरी बढ्दो व्यापार घाटालाई कम गर्न सक्छौं । निर्यात नै देशको अर्थतन्त्रको मेरुदण्ड हो उनले बताए । आगामी दिनमा अन्य ठाउँहरुमा समेत आउटलेट (विक्री कक्ष) बढाउने योजना रहेको उनले बताएका छन । व्यवसायमा सीप, ज्ञान र प्रविधिको प्रयोग गरेर चुनौतिलाई स्वीकार गर्दै अधि बढे कुनै पनि व्यवसाय सफल हुने कुरा बताउँछन् उप्रेती ।

फेसबुकबाट तपाइको प्रतिक्रिया