Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

धान फल्ने खेत घर घडेरी

धान फल्ने खेत घर घडेरी
युवा सधै खाडीमा बिचल्ली
धान निर्यातक देश नेपाल
बढ्दो कृषि आयतले बेहाल।१।

धान फल्ने खेतका फाटमा
सिमेन्टका ठूल्ठूला संम्रचना
रोप्छौ धान अहिले गमलामा
धान दिबस मनाउछौ तारे होटलमा।२

कषि सधै बजेटको प्राथमिकतामा
कृषिअनुदान बिचौलियाको पोल्टामा
कृषि अभियान्ता सधै गोष्ठिमा
ध्यान सधै डलर खेतीमा।३।May be an image of 2 people and text

भन्छन शासक कृषिको संभावना
लगाउछन कर कृषि उपजमा
बजारको पहुच न्यून अबस्थामा
कृषि उपज फ्याक्छन रोडमा।४।

धान दिवस सीमित छ नारामा
किसान आशामा होइन निराशामा
मानो रोपेर मुरी फलाउने आशामा
लगानि निष्फल छ राज्यको नीतिमा।५।

फेसबुकबाट तपाइको प्रतिक्रिया