Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु

२७ असार २०८०,

सोलुखुम्बु।

साेलुखुम्बुकाे खुम्बुपासाङ ल्हामू गाउँपालिका-२ सुर्केबाट काठमाडौंको लागि मंगलबार बिहान उडेको मनाङ एयरको ९ एन-एएमभी  हेलिकप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लम्जुराडाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेहरूमा कास्की घर भएका हेलिकप्टरका पाइलट चेत बहादुर गुरुङ, हेलिकप्टरमा सवार मेक्सिकन नागरिकहरू फिलान्डो सिफुग्नेट्स, रिमकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो लुईज गोन्जालेज र मारिया होजे सिहिन्तेस रहेका छन् ।

हेलिकप्टर दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र प्रहरी चौकी बेनिबाट खटिएको प्रहरीले दुर्घटना स्थलबाट शव संकलन गरी ल्याउने तथा थप उद्धार कार्य एवम् अनुसन्धान गरिरहेको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया