Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

पेट्रोलियम पदार्थको मूल्य बढ्यो,एल.पि.ग्याँसकाे मुल्य घट्यो

साउन १७, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढाएको छ भने ग्यासको भाउ घटाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ भाउ बढेको छ । यसैगरी, डिजेल र मट्टितेलमा पनि ७ रुपैयाँका दरले नै भाउ बढाइएको छ । तर खाना पकाउने एलपी ग्यासमा भने प्रति-सिलिण्डर १ सय ३० रुपैयाँ भाउ घटाइएको छ ।

भारतबाट परिवर्तन भएर आएको मूल्य अनुसार यहाँ पनि भाउ समायोजन गरिएको आयाल निगमले जानकारी दिएको छ । अहिले पे’ट्रोलियम प’दार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिएको छ ।

नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रोमा १७२ र तेस्रो समूहमा १७३ रुपैयाँ पुगेको छ निगमको भनाई छ। यसै गरी, डिजेल र मट्टितेलको भाउ पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो समूहमा १५३ रुपैयाँ निर्धारण गरिएको छ । एलपी ग्यास भने घटेर प्रति-लिण्डिर १६ सय ६० रुपैयाँमा आएको छ । मुल्य सुची-

फेसबुकबाट तपाइको प्रतिक्रिया