Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

६८औं प्रहरी दिवशको अवसरमा विद्यार्थीहरूलाई स्टेशनरी सामग्री तथा ब्याग वितरण

२६ असोज,सुनसरी। ६८औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग वितरण गरिएको  छ ।

प्रदेश संघकी अध्यक्ष श्रीमती बास्तोला लगायतका पदाधिकारीहरूले धरान उप-महानगरपालिका-१६ स्थित भगवती आधारभूत  विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग वितरण गर्नुभएको हो । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले सेवा नै धर्म हो भन्ने भावनाका साथ निरन्तर रूपमा यस्ता कार्यक्रमहरू संचालन गरिरहेको छ ।कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, संचारकर्मीहरु, विद्यालयका पूर्व विद्यार्थीहरु तथा स्थानीय-वासीको समेत उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया