Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

गुरूदेव कामतको प्रेमको नशा सार्वजनिक।

१७ मङ्सिर, काठमाडौँ। लामो समयको प्रतिक्षा पश्चात नेपाली सांगीतिक जगतमा नौलो आयाम लिएर शास्त्रीय सङ्गीत शाधक संगीत गुरू श्रद्धेय श्री गुरूदेव कामतज्यू अत्यन्तै सुमधुर र कर्णप्रिय गजल “प्रेमको नशा” लिएर आउनु भएको छ । गीत तथा गजलकार चन्द्रलाल तामाङको शब्दको सो गजलमा संगीत तथा स्वर गुरूदेव कामतज्यूको रहेको छ भने भिडियोमा गुरूदेव स्वयंको साथै हिस्सी शाह, साइटतबला- राजेश मल्लिक साइटतानपुरा- मीना कर्मचार्य साइटबाँसुरी- स्वस्थानी पराजुलीको रहेको छ।

यरेन्जर: विशाल निरौला मिक्सिङ/मास्टरिङ: रन्जन राईको रहेको गजलको भिडियोको छायांकन लक्ष्मी भुजेल, शृंगार अन्जिता विश्वकर्मा, निर्देशक विष्णु जि.सी.को रहेको भिडियो आज मिति २०८० साल, मंसीर १६ एक भव्य समारोहका बीच गुरूकुल संगीत पाठशाला डिल्लीबजारमा लोकार्पण गरियो। Aakarentertainment media  YouTube channel मार्फत सार्वजनिक गरिएको कार्यक्रममा बरिष्ठ संगीतकार राजु सिंह, भारतीय राजदूतावास सांस्कृतिक विभाग प्रमुख सतेन्द्र दयाल, बरिष्ठ गीतकार वि.वि. थापा, गायक तथा प्रशासक डा.शैलेशकुमार मिश्र, गायक तथा संगितकार सन्तोष सानु लगायतका मान्यगन्न्य महानुभावहरुको बाग्लो उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया