Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

बृहत नेपाली शब्दकोश परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान

काठमाडौं, नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ। शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बृहत् नेपाली शब्दकोशमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि छापिएको बृहत् नेपाली शब्दकोशमा विवादित शब्दको रहेको भन्दै धेरै उजुरी आएको बताउनुभयो। उहाँले बृहत् नेपाली शब्दकोशमा कुनै पनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको बताउनुभयो। उहाँले बृहत् शब्दकोश परिमार्जनको लागि सामाजिक संस्था र सरोकारवाला निकायसँग छलफलपछि समिति बनाएर काम अगाडि बढाउने बताउनुभयो। उहाँले हेरक वर्ष असार ९ गते हुने राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक, सहभागितामुलक र समावेशी बनाउनेसमेत जानकारी दिनुभएको छ। उहाँले प्रतिष्ठानले साहित्य पत्रिका र पत्रकारलाई दिने गरेको अनुदानको सट्टा दुई जना विशिष्ट साहित्य पत्रकारलाई साहित्यिक पत्रकारिता राष्ट्रिय पुस्कारबाट सम्मान गरिने निर्णय भएको बताउनुभयो। उहाँले जनताको संघर्ष र बलिदान र वीरताको गाथा  सौन्दर्यात्मक खोजीमा प्रतिष्ठानले जोड दिने उल्लेख गर्नुभयो। कुलपति राईले प्रतिष्ठानले १२३ भाषा र १२५ बढी जातजातिलाई समेटर लैजानुपर्ने चुनौती रहेको बताउनुभयो। उहाँले आगामी चार वर्षमा प्रतिष्ठानलाई सबैको प्रज्ञा प्रतिष्ठान बनाउने योजना रहेको बताउनुभयो।

फेसबुकबाट तपाइको प्रतिक्रिया