Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

राष्ट्रिय वाणिज्य बैंक लि.ले ल्यायो विशेष योजना,के-के छन् त? योजनामा

सन्तोष प्रसाद तिवारी।

२५ भदौ, काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लि.ले एक पत्र जारी गर्दै,सर्वसाधारणकाे लागि चाड पर्व विषेश योजना ल्याएको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले देशमा पेट्रोलियम पदार्थ आयातमा अत्याधिक विदेशी मुद्रा खर्च हुने गरेको हुँदा सो को खपत घटाउन विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको हुदाँ यस्तो अफर ल्याएको पत्रमा जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक पनि सरकारी स्वामित्वको बैंक भएकोले सरकारको नीति तथा लक्ष्य प्राप्तीको लागि पहल गर्नु यस बैंकको पनि नैतिक दायित्व हो जसलाई पुरा गर्ने उद्देश्य अनुरुप नजिकिदै गएको नेपालीहरुको राष्ट्रिय पर्वहरुको अवसर पारी यही भाद्र २६ गते देखि लागू हुने गरी राष्ट्रिय वाणिज्य बैंक लि. ले यो वर्षको फेस्टिभ जोन, आर.वि.वि.को ई.भि. सोन” भन्ने नाराको साथ निम्न लिखित विषेशता सहितको RBBL EV Loan Festive offer भन्ने चाड पर्व विषेश योजना ल्याएको छ ।

योजनाका विषेशताहरु यस्ता छन्:- व्याज दर ९९५० ( सबैभन्दा न्युन ) , प्रशोधन शुल्क ०.२५%, अग्रीम भुक्तानी लागत मुल्यको २०६,अधिकतम कर्जा सिमा १ करोड,अवधिः- यो योजना सिमित अवधिको लागि मात्र लागु रहने छ, साथै विषेश शर्त बैंकले आपूर्ती आदेश दिएको १५ दिन वा योजना अवधि भित्र कर्जा लिई सक्नु पर्ने छ । पत्रको पूर्ण पाठ-

फेसबुकबाट तपाइको प्रतिक्रिया