सन्तोष प्रसाद तिवारी।
१८ माग , काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका १६ औं वार्षिक साधारण सभा गैरीधारा स्थित सिल्भर ओक बेंक्वेटमा सम्पन्न भएको छ । हिमालयन लाइफ इन्सुरेन्सले अघिल्लो आर्थिक वर्ष २०७८-७९ को नाफाबाट लाभांश वितरण नगर्ने सभामार्फत् जानकारी गराएकाे छ।जीवन बिमा कम्पनीहरु मर्ज भएर बनेको हिमालयन लाइफ इन्सुरेन्समा साविकका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्सुरेन्स ( ३ वटा) एक आपसमा मर्ज भएका हुन् । मर्जर पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु. ८,०२,०३,८३,६०२ (आठ अर्ब दुई करोड तीन लाख त्रियासी हजार छ सय दुई रुपैया) कायम भएको छ। कम्पनीको हाल ७ वटा प्रादेशिक कार्यालयहरू र २१८ वटा शाखा तथा उपशाखा कार्यालयहरू संचालनमा रहेका छन् । यसले २०८० वैशाख ३१ गतेदेखि एकिकृत कारोबार गरेको थियो।
आजकै सभा मार्फत सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गरिएको छ। तथापि यसले यसपालिकाे साधारण सभा सेयर धनीलाई लाभांशबिनै गरेको हाे । यसले सभामा आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, नाफा- नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी एजेन्डा पारित गरेको छ । सभामा संस्थाका बाेर्ड अध्यक्ष शुलभ अग्रवालले याे मर्जर सँगै गौरवको इतिहास भएको र आगामी २ वर्षमा न १ कम्पनी बनाउने लक्ष्य लिएको बताए ।
त्यस्तै, कम्पनीका CEO मनाेज कुमार लाल कर्णले सभामा आफ्नो भनाई राख्दै,याे सबै सेयर धनी र बिमाकर्ताहरुकाे कम्पनी हाे,यसमा हिमाल जस्तै अटल संस्थापक सदस्यहरु छन्,यसकाे नेटवर्थ भ्यालु राम्रो छ,यसकाे indicator positive दिशामा रहेको र कम्पनीकाे मुनाफा वृद्धि गर्न अनावश्यक खर्च कटौती, आवश्यक अनुसार कर्मचारी व्यवस्थापन, शाखा-उपशाखाका संयाेजक तथा व्यवस्थापनमा उचित ध्यान दिने कार्यलाई प्रभावकारी बनाउने, अनलाईन पोलिसीमा जाने तयारी रहेको बताए। सभामा सञ्चालक समितिका पदाधिकारी , संस्थापक सेयर धनी, साधारण सेयर धनी, ललित कुमार थापा सहायक कम्पनि रजिष्ट्रार,सञ्चार कर्मी लगायतका उपस्थिति रहेको थियो।






फेसबुकबाट तपाइको प्रतिक्रिया