Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

माझी

माझी तिम्रो काम थियो राजनीतिक यात्राको डुंगा चलाउने डुंगामा समृद्धिको फुल फुलाउने भ्रष्टहरुलाई ढुंगाबाट डुबाउने ।।१।। माझी तिम्रो काम थियो दाहाल र भट्टराईको डुंगा मिलाउने तर बोक्यौ डुंगामा तिमीले ओलीको नक्कली समृद्धि फुलाउने ।।२।। माझी तिम्रो काम थियो गरीबीको डुंगाबाट जनतालाई मुक्त गराउने प्रपञ्च रच्यौं तिमीले अहिले अथाहा कुम्ल्याउन जनतालाई शरणार्थी बनाउने ।।३।।
माझी तिम्रो काम थियो डुंगामा भएका भ्रष्टाचारीलाई ओराल्ने ओराल्नुको सट्टा थप्यौ तिमीले खाँड पाण्डे लगायत थुप्रै गन्हाउने ।।४।। माझी तिम्रो काम थियो असल टिममा बसी काम गर्ने दुःख पायौं तिमीले अहिले आफ्नै ढङ्गले आफ्नै मङ्गले ।।५।। माझी तिम्रो काम थियो शासन सत्तामा बसी काम गर्ने अहिले बाध्य छौं हीरासतमा बस्न अब अधिकार छैन जनताकाे दिलमा बस्ने ।।६।।

फेसबुकबाट तपाइको प्रतिक्रिया