Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाकाे १ दिनमै १ अर्ब रुपैयाँ निक्षेप

६ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले १ दिनमै नेपाल राष्ट्र बैंकमा १ अर्ब रुपैयाँ निक्षेप राखेका छन् । बैंक तथा वित्तीय संस्थाले चैत ४ गते आइतबार मात्रै ९१ अर्ब ७० करोड रुपैयाँ निक्षेप राखेका हुन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले धमाधम केन्द्रीय बैंकमा निक्षेप राख्न थालेका छन् ।

फागुन १ गतेबाट केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएको थियो । उक्त सुविधा ल्याएपछि हालसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा ६ खर्ब ५८ अर्ब निक्षेप राखिसकेका छन् । बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमै उक्त निक्षेप जम्मा गरेका हुन् । स्थायी निक्षेप संकलन सुविधा अन्तर्गत बैंकहरुले लगानी गरेर आफूसँग बाँकी रहेको सबै रकम राष्ट्र बैंकमा राख्न सक्छन् । यसरी राखेको रकम ४ दिनसम्म झिक्न मिल्दैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया