३ चैत, काठमाडौँ। हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न राष्ट्रिय वाणिज्य बैंकले RBBL Management Conference 2024 आज २०८० चैत ३ गते, शनिबार काठमाडौंमा आयोजना गरिरहेको छ । प्रमुख अतिथि एवं माननीय अर्थमन्त्री बर्षमान पुनले समुद्घाटन गर्नुभएको RBBL Management Conference 2024 को Panel Discussion मा वृद्धिदर कम हुने र नेपाल जस्तो विकासोन्मुख देशको आर्थिक वृद्धिदर बढी हुनुपर्ने भएता पनि सो अनुरुप हुन नसकेको बताउनुभयो । आर्थिक सुशासन कायम भएको खण्डमा ७–८ प्रतिशत आर्थिक वृद्धि सम्भव रहेको तर हाल कोभिड–१९ को प्रभावले वृद्धिदर कम रहेको उहाँले बताउनुभयो । बजेटको आकार अनुसार पू“जीगत खर्च नभएकाले आर्थिक क्रियाकलाप चलायमान हुन नसकेको, विदेशी क्षेत्र अन्तर्गत भारतीय मुद्रासंगको पेग दिगो नरहेको तर हाम्रो आर्थिक अवस्था अहिले कमजोर भएकाले ठिकै मान्नुपर्ने अवस्था रहेको बताउनुभयो । देशमा “नाफा जति निजीकरण, घाटाजति सार्वजनिकी- करणको अवस्था भएमा आर्थिक विकासमा फड्को मार्न नसकिने बताउनुभयो ।

अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरेले हाम्रो अर्थतन्त्रको आकार अनुसार हाम्रो आर्थिक वृद्धिदर निकै न्यून रहेको बताउनुभयो । उहाँले वर्तमान अर्थतन्त्रका प्रमुख ३ चुनौतिका रुपमा उत्पादन वृद्धि, रोजगारीमा वृद्धि र पूँजीगत खर्चको वृद्धि रहेको बताउनुभयो । अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले हाल तरलताको अवस्था सकारात्मक रहेको, विदेशी मुद्राको सञ्चिती राम्रो अवस्थामा रहेको, ब्याजदर न्यून रहेको अवस्था हुँदाहुँदै पनि निजी क्षेत्र आशावादी हुन नसकेको, आन्तरिक मागमा कमी आएको, श्रमको अभाव भएको, उत्पादनशीलता बढ्न नसेको अवस्थाका कारण अर्थतन्त्रमा आशातित गतिशीलता आउन नसकेको बताउनुभयो । उहाँले अर्थतन्त्र सकारात्मक दिशामै अगाडि बढ्ने संकेत देखिएकोले आशा गर्ने ठाउँ भने रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणाले बैंकिङ्ग क्षेत्रमा पर्याप्त स्रोत हु“दाहु“दै पनि कर्जा लगानी हुन नसक्नुका कारण पत्ता लगाउन निजी क्षेत्र र बैंकिङ्ग क्षेत्रको न्बउ ब्लबथिकष्क गर्नुृपर्ने बताउनुभयो । उहा“ले उत्पादनमुलक, पर्यटन, कृषि क्षेत्रमा लगानीको सम्भावना रहेको बताउनुभयो । बरिष्ठ बैंकर परशुराम कुँवरले हामीले बैंकिङ्ग क्षेत्रको विकासमा धेरै फड्को मारेका अवस्था भए पनि प्रविधिको क्षेत्रमा अझै पनि धरै कार्य गर्न बाँकी रहेको बताउँदै भारतको बैंकिङ्ग प्रविधिबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो । बैंकिङ्ग क्षेत्रमा नवपवर्तनका लागि छिमेकी राष्ट्र चीन र भारतबाट सिक्न सकिने बताउनुभयो ।
फिनटेक विज्ञ संजीव सुब्बाले नेपाल राष्ट्र बैंकको नियामकीय भूमिका महत्वपूर्ण रहेकोमा अर्थतन्त्रमा सूचना प्रविधिको प्रयोगबाट रुपान्तरण सम्भव रहेको बताउनुभयो । उहाले बैंकिङ्ग क्षेत्रले सूचना प्रविधिको उपयोगको सन्दर्भमा कोर बैंकिङ्ग सिस्टमभन्दा बाहिर पनि सोच्ने बेला आईसकेको बताउनुभयो । आजको सन्दर्भमा साइबर सुरक्षा सम्बन्धी चुनौति रहेको र यसमा जतिसुकै खर्च गरेपनि कुनै पनि देश साइबर सुरक्षाको जोखिमबाट बच्न नसक्ने कुरा औल्याउनुभयो ।
बरिष्ठ बैंकर भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, कमनसेन्स विज्ञ सुजीब शाक्य लगायतले विषयगत रुपमा आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुसंग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा आ.व. २०७९/०८० मा बैंकका विभिन्न जिम्मेवारीमा रहेर सर्वोत्कृष्ट तथा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी तथा शाखा कार्यालहरुको मनोबल बढाउन र समग्रमा कामप्रति उत्प्रेरणा जगाई थप जिम्मेवार बनाउन फुरस्कृत गरिने कार्यक्रम रहेको छ । कार्यत्रममा बैंक सञ्चालन समितिका सदस्यहरु, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, क्रियाशील ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, उप–प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु, उप–प्रमुखहरु, बरिष्ठ प्रबन्धकहरु लगायत २८७ शाखाका शाखा प्रबन्धकहरु लगायत करीब ५४० जनाको उपस्थिति रहेको थियो ।







फेसबुकबाट तपाइको प्रतिक्रिया