Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडकाे साधारण सभा पुष २७ गते

५ पुष, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले पुष २७ गते साधारण सभा बोलाएको छ । सभा कुण्डलिनी दरबार ब्यांकेट, चण्डाेल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुष १६ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया